Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै एक लाख २३ हजार विदेशी पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्नपूर्ण संरक्षण क्षेत्रमा चार महिनामै एक लाख २३ हजार विदेशी पर्यटक
Photo / Coverage: केन्द्रबिन्दु

गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो । यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार दक्षिण एसियाली मुलकका ५२ हजार ८८६ र बाँकी अन्य देशका पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । असोज–कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो समयमा पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ । आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् । अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटकको समेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनपीएल सिजन–३: पिच खलनायक थियो कि ब्याटरले खराब खेले?
Latest NewsJust now

एनपीएल सिजन–३: पिच खलनायक थियो कि ब्याटरले खराब खेले?

तेस्रो सिजनको पटकथामा खलनायक कोही रह्यो भने त्यो पिच थियो । साँच्चै पिच खलनायक ? धेरै हदसम्म । खास–खास कारणले गर्दा पिचले ट्वान्टी–२० क्रिकेटको उच्च सनसनी दिन बाधा पुर्‍याउने काम गरेको थियो । ...

कान्तिपुर
आज गुरु नानक जयन्ती
Latest NewsJust now

आज गुरु नानक जयन्ती

आज गुरु नानक देवको जन्मजयन्तीका अवसरमा गुरु नानक जयन्ती मनाउँदैछन् । ...

हाम्राकुरा
आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Latest NewsJust now

आजको मौसम : कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

• देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, मौसम मुख्यतया सफा रहेको छ। • कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ। • सोमबार दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली र हल्का वर्षा वा हिमपातको सम्भावना छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement