काठमाडौं । अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एक गेमिङ एपले नाम तथा तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले उक्त गेमिङ एपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्। आफ्नो पहिचानको अनधिकृत प्रयोग भइरहेको भन्दै अधिकारीले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत उनले दिएकी छन्। उनले आफ्नो नाम र तस्बिर प्रयोग गरेर भ्रम सिर्जना गरिएको भन्दै यस विषयमा सचेत रहन सर्वसाधारणलाई आग्रह गरेकी छन्। ‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन। मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ,’ उनले लेखेकी छन्।
अनुमति नलिई गेमिङ एपमा नाम र तस्बिर राखिएपछि केकी अधिकारीको आपत्ति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






