Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अदालत र राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ : रवि लामिछाने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अदालत र राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँ : रवि लामिछाने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थाहरूलाई कमजोर बनाउने खालका अभिव्यक्ति र गतिविधि नगर्न आग्रह गर्नुभएको छ । शुक्रबार चितवनमा आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले अदालतका विषयमा सुनेका वा लेखिएका आधारमा हचुवाका भरमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयतामा असर पर्ने बताउनुभयो । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, प्रेस, पेसागत संगठन तथा वैदेशिक सम्बन्धलगायतका संस्थाहरू कमजोर भए समग्र देश र लोकतन्त्र नै कमजोर हुने उहाँको भनाइ थियो । कमजोर लोकतन्त्रले ठूला कुरा गर्न सक्ने भए पनि प्रभावकारी काम गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो । लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भलाई अभिव्यक्ति, गतिविधि र निर्णयमार्फत कमजोर बनाउने काम गर्न नहुनेमा जोड दिँदै लामिछानेले राज्यका संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिनुपर्ने बताउनुभयो । उहाँले प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सक्षम र बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । अनुसन्धान निकाय बलियो भए पद र प्रतिष्ठामा रहेका व्यक्तिलाई समेत निष्पक्ष रूपमा अनुसन्धानको दायरामा ल्याउन सकिने उहाँको भनाइ थियो । भ्रष्टाचारमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि कमजोर अनुसन्धानका कारण अदालतबाट उन्मुक्ति पाउने अवस्था आउन नहुने उल्लेख गर्दै उहाँले अनुसन्धानलाई तथ्यपरक, निष्पक्ष र प्रमाणमा आधारित बनाउनुपर्ने बताउनुभयो । लामिछानेले भन्नुभयो, ‘अदालतलगायत राज्यका संस्थाहरूका बारेमा सुनेका वा लेखिएका आधारमा हचुवाका भरमा टिप्पणी गर्दा ती संस्थाहरू कमजोर हुन्छन् । अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, प्रेस, पेसागत संगठन र वैदेशिक सम्बन्धजस्ता राज्यका सबै आधारस्तम्भ कमजोर भएमा अन्ततः देश र लोकतन्त्र नै कमजोर हुन्छन् ।’ राज्यका संस्थाहरूलाई स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिँदै उहाँले प्रहरी र सीआईबीजस्ता अनुसन्धान निकायलाई पद वा प्रतिष्ठाको प्रभावबिना जोसुकैमाथि निष्पक्ष अनुसन्धान गर्न सक्ने बनाउनुपर्ने बताउनुभयो । भ्रष्टाचारमा संलग्न व्यक्तिले कमजोर अनुसन्धानको फाइदा उठाएर कानुनी प्रक्रियाबाट उन्मुक्ति पाउने अवस्था अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । राज्यका अनुसन्धान गर्ने निकाय सक्षम र प्रभावकारी हुनुपर्ने उल्लेख गर्दै लामिछानेले आफूहरूले खोजेको संस्थागत सुधार पनि निष्पक्ष, सशक्त र प्रमाणमा आधारित अनुसन्धान प्रणाली भएको स्पष्ट पार्नुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू
Latest NewsJust now

नेपाली बजारमा सार्वजनिक भयो चेरी क्यू

आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको चेरी क्यूले नेपालको विद्युतीय सवारीसाधन बजारमा नयाँ विकल्प थप्ने कम्पनीको अपेक्षा छ। ...

कान्तिपुर
नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून
Latest NewsJust now

नेपाल प्रिमियर लिग : पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून

• चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिगमा जीत हासिल गर्यो। • पोखरा १९ ओभरमा १२१ रनमा समेटिएको छ, जबकि चितवनले १५१ रन बनाएको थियो। • पोखराको लगातार चौथो हारपछि प्लेअफमा पुग्ने सम्भावना न्यून भएको छ। ...

नेपालबहस
स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू
Latest NewsJust now

स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तस्बिरहरू

धादिङ। धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ । संघ सरकारले लामो पुल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play