Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

अञ्जना बराइली भन्छिन्- ‘सिन्दुरे जात्रा’मा मैले नबोलेरै विद्रोह गरेकी छु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अञ्जना बराइली भन्छिन्- ‘सिन्दुरे जात्रा’मा मैले नबोलेरै विद्रोह गरेकी छु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छन् । नाम सुन्दै आफूलाई सिनेमाले आकर्षण गरेको र कथा पढेपछि यो सिनेमामा समय मिले म पनि जोडिन्छु भनेर अनुबन्ध भएको उनले बताएकी छन् । कलाकार, निर्देशक र केही प्राविधिक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को रहे पनि थुप्रै कलाकार, निर्माता र प्राविधिक अरु नै रहेको भन्दै ‘पूर्ण बहादुरको सारङ्गी’को कथासँग यो सिनेमा नमिल्ने र त्यसको सिक्वेल जस्तो पनि नरहेको उनको दाबी छ । ‘सिन्दुरे जात्रा’ महिलाकथा प्रधान सिनेमा रहेको उनले बताइन् । महिलालाई आजसम्म आइपुग्दा नेपाली समाजले कसरी हेर्छ भन्ने कथा सिनेमामा रहेको उनले प्रस्ट पारेकी छन् । तर, सरोज पौडेलको निर्देशन रहेको सिनेमा न्यायाधीश बन्ने प्रयास वा वकालत गर्दै पक्ष/विपक्षमा नदेखिने उनले बताएकी छन् । “हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ,” अञ्जना भन्छिन्, “महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ ।” उनले आफूले सिनेमामा मौन विद्रोह गरेको उनले जानकारी दिएकी छन् । तर, कस्तो विद्रोह त्यो भने उनले प्रष्ट पारेकी छैनन् । चलचित्रमा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन् । सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । मंसिर १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र
Latest NewsJust now

साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र

महोत्तरी । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण गरिएको छ... ...

रातोपाटी
विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग
Latest NewsJust now

विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग

विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित ४७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक फेर्ने प्रक्रिया सुरु गरेको छ।  रिक्त तथा पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका प्रधानाध्यापकहरूको नियुक्ति प्रक्रियाका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त माग गरेको हो। शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको २०८३ असोज १९ गतेको निर्... ...

नेपालखबर
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा  मधेश प्रदेशको विजयी सुरुवात
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा मधेश प्रदेशको विजयी सुरुवात

• मधेश प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। • खेलको निर्णायक गोल मधेशका विकास दर्लामीले दोस्रो हाफको ५६औं मिनेटमा गरेका थिए। • मंगलबार नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ...

नेपालबहस
कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]
Latest NewsJust now

कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]

उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई पद ओगटेर नबस्न सुझाव दिएका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement